बाजुरा । शुक्रबार बाजुराको बुढीगङ्गा नगरपालिका–६ स्थित बाम्का बजारमा ग्यास सिलिन्डर विस्फाट भएर आगलागी हुदा बजार नै खरानी भएके छ । नवर्दुगा होटलबाट सुरु भएको आगलागीले ३० पसल जलेर नष्ट हुँदा करोडौंको क्षति भएको हो ।
आगलागीका कारण स्थानीय व्यवसायी सडकमा आए । कसैले आफ्नो जीवनभरको कमाइ गुमाए भने कसैले परिवार पाल्ने आधार । नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएपछि आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ । प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार आगलागीले सबै टिनटहराका पसलहरू खरानी बने । पानीले निभाउन सक्ने अवस्था थिएन ।
होटल सञ्चालक तोयानाथ न्यौपानेले पसलसँगै आफ्नो सिंगो जीवन जलेर गएको बताउछन् । उनले भने “यात्रुहरूलाई मिठो खाना खुवाउथेँ, त्यही होटल मेरो घर चलाउने माध्यम थियो । घर फर्केर जाउँ भनेपनि कसरी जाउँ ।”
यसैगरी, शुसिल थापा स्थानीय मेडिकल सञ्चालन गर्दै आएका थिए । उनको पसल त्यहि आगलागीमा खरानी भयो । थापाले मेडिकल खोलेर बाम्कावासीका डाक्टर भएका थिए । औषधी, कागजात, सबै जलेर खरानी भयो, उनले सुनाए ।
यसैगरी, दीपक साउदको इलेक्ट्रोनिक पसल पनि पूर्णरूपमा जलेर नष्ट भएको छ । उनले भावुक हुँदै भने, ‘‘इलेक्ट्रोनिक पसल थियो, तर त्यो पसल अब कहिल्यै पनि देख्न पाउँदैनन् । वर्षौ वर्ष गरी जोडेको पसल एक सेकेन्डमै खरानी भयो ।” यतिमात्र होइन्, सँगै पसल चलाउँदै आएका अरू व्यापारीहरू समेत अहिले सडकमै आए ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै