संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    रेशम चौधरीको पनि उम्मेदवारी खारेज

    रेशम चौधरीको पनि उम्मेदवारी खारेज

    संघारी न्युज
    २५ असोज २०७९
    1.4k
    Shares

    कैलाली । टीकापुर घट्नामा दोषी ठहर भएर सजाय भोगीरहेका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ।

    चौधरीले प्रतिनिधिसभा सदस्यका लागि बर्दिया–२ बाट वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थिए।

    बर्दिया निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत नरेन्द्र लम्सालका अनुसार अदालतबाट दोषी ठहर भएकाले चौधरीको उम्मेदवारी खारेज भएको हो। प्रतिनिधिसभा निर्वाचन ऐनको दफा १३ मा कैदमा बसेको व्यक्ति कैद बसेको अवधिभर उम्मेदवार बन्न नपाउने प्रावधान छ।

    चौधरीले नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका थिए।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com