कैलाली । कैलालीको जानकी गाउँपालिका–९ अमरावतीमा एक वृद्धा महिलाको शब फेला परेको छ । उनको शरिरमा धारिलो हतियार प्रयोग गरिएको चोट देखिएको छ ।
८० वर्षीया माता देवी शाहीको शव मंगलबार बिहान सवा ८ बजे आफ्नै घरको सुत्ने कोठामा खाटमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए।
उनका अनुसार बृद्धा महिला आफ्नै दुईतले घरको माथिल्लो तलामा एक्लै बस्दै आएकी थिइन्। प्रारम्भिक अनुसन्धानअनुसार उनको छातीमा धारिलो हतियारले प्रहार गरिएको र घाँटीमा समेत चोट लागेको प्रहरीले जनाएको छ।
हत्या कसले र किन गरेको भन्ने विषयमा अझै खुल्न सकेको छैन। अनुसन्धानको सिलसिलामा तालिमप्राप्त कुकुरको सहयोग लिइएको छ । मृतकको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा पठाइएको छ । भने घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै