कैलाली । ब्रह्मदेव कोरिडोरसँग जोडिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एउटा पाटे बाघ भेटिएको छ । गत जनवरीमा क्यामेरा ट्र्याप विधिबाट गरिएको गणनामा उक्त बाघ भेटिएको हो ।
डिभिजन वन कार्यालय कञ्चनपुरले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र जुलोजिकल सोसाईटी अफ लन्डन ९जेडएसएल० नेपालको सहयोगमा जनवरी १ देखि ब्रह्मदेव कोरिडोर र आसपासका क्षेत्रमा बाघ गणना गरेको थियो ।
उक्त गणनाको नतिजा सोमबार सार्वजनिक गरिएको हो । ब्रह्मदेव कोरिडोर १ सय ६६ वर्ग किलोमिटर क्षेत्रफलमा रहे पनि आसपासका क्षेत्रसमेत जोडेर २ सय ८२ वर्गकिलोमिटरमा बाघ गणना गरेको हो । उक्त क्षेत्रलाई २र२ मिटरका ७२ ग्रिड बनाइएको थियो । हरेक ग्रिडमा १५ रात एक जोडी स्वचालित क्यामेरा गरिएको थियो । ब्रम्हदेव पारि भारतको नन्धौर संरक्षित क्षेत्र पर्छ । यो मुख्यतया हात्तीको परम्परागत मार्ग हो ।
सन् २०२२ को राष्ट्रिय गणनामा ट्र्यापमा परेकै वयस्क भाले बाघ अहिले पनि ट्र्याप भएको जेडएसएल नेपालका कन्जरभेसन बायोलजिस्ट डा। दिनेश न्यौपानेले बताए ।
‘त्यतिबेला ब्रह्मदेव कोरिडोरमै देखिएको थियो, अहिले भने शुक्लाफाँटाको मध्यवर्ती क्षेत्रमा देखिएको छ,’ सोमबार महेन्द्रनगरमा आयोजित कार्यक्रममा क्यामेरा ट्र्यापको नतिजा प्रस्तुत गर्दै न्यौपानेले भने, ‘कोरिडोरमा बढी डिस्टर्ब भएर मध्यवर्ती क्षेत्रतिर पसेको हो कि ?’ उनका अनुसार क्यामेरा ट्र्यापमा ४३ हजार बढी तस्बिर कैद भएका छन् । जसमा १ हजार २ सय ७ मात्रै वन्यजन्तु तथा बाँकी घरपालुवा जनावर र मानिस रहेका छन् । ‘घाँस दाउराका लागि मानिसको ओहोरदोहोर धेरै हुने भएकाले बाघ मध्यवर्ती क्षेत्रतर्फ सरेको हुन सक्छ,’ उनले भने, ‘क्यामेरा राखेका सबै ग्रिडमा मानिस र घरपालुवा जनावर देखिन्छन् ।’
२०२२ को राष्ट्रिय बाघ गणनाका क्रममा पनि ब्रह्मदेवसँगै डडेलधुराको जोगबुडा क्षेत्रमा पनि क्यामेरा राखिएको थियो । बिरालो प्रजातिमा जंगली बिरालोदेखि चरी बाघ र ठूलो प्रजातिमा बाघसँगै चितुवा पनि क्यामेरामा परेको छ । उक्त क्षेत्रमा १९ ठाउँमा चितुवा कैद भएको छ भने ३ ठाउँमा हुँडार कैद भएको छ ।
न्यौपानेका अनुसार ६ शाकाहारी, ७ मांसाहारी र ४ सर्वाहारी गरी १७ प्रजातिका वन्यजन्तु भेटिएका छन् । जनवरी १ देखि गरिएको गणनामा ३२ जना प्राविधिकसँगै सामुदायिक वनका पदाधिकारी र विद्यार्थी खटिएका थिए । यो अध्ययनले कोरिडोर क्षेत्रमा वन्यजन्तु संरक्षण र तिनको वासस्थान व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । गत वर्षको बाघ गणनामा शुक्लाफाँटा निकुञ्जमा बाघको संख्या ४२ पाइएको थियो । बाघको राष्ट्रिय गणना हरेक चार वर्षमा हुने भए पनि सिकारको जोखिम भएका र संख्या कम भएका क्षेत्रमा हरेक वर्ष हुँदै आएको छ । यहाँ निकुञ्जले आन्तरिक रूपमा हरेक वर्ष बाघ गणना गर्दै आएको छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै