कैलाली । कैलाली किसानहरु रोपाई सकिनै लाग्दा समेत मल पाएका छैन् । यो वर्ष गत वर्षभन्दा बढी परिमाणमा मल आपूर्ति भएपनि धेरै किसानहरु धान रोपाइँकाबेला युरिया मलको अभाव झेलेको बताउँछन् ।
यो वर्ष असार पहिलो साताबाटै रोपाइँ सुरु गरेका किसानलाई मल पाउन अघिल्लो वर्षभन्दा केही सहज थियो । ‘यो वर्ष गत वर्षको तुलनामा बढी मल आएको छ’ कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय कैलालीका सूचना अधिकारी गणेशदत्त भन्छन् ‘यो वर्ष हालसम्म ११ हजार ७६२ मेट्रिक टन युरिया आएको हो, गत बर्ष ९ हजार ९६२ मेट्रिक टन आपूर्ति भएको थियो । यो वर्ष मलको परिमाण आएपनि युरिया अझै अपुग छ ।’ उनका अनुसार यो वर्ष छिटो रोपाइँ गर्नेहरूले सहजै युरिया मल पाउन सके भने ढिलो रोपाइँ गरिरहेका किसानहरूलाई केही कमी हुन गएको हो ।
जिल्लामा कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालय र साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारी अनुदानको रासायनिक मल सहकारी संस्थामार्फत किसानलाई बिक्रिवितरण गर्दै आएको छ । जिल्लामा अनुदानको मल आपूर्ति गर्ने ती दुवै संस्थामा युरिया मलको मौज्दात रित्तिएको छ । कृषि सामग्री कम्पनीका सूचना अधिकारी जोशी भने विगतका बर्सहरू जस्तो मलको हाहाकार नभएको दाबी गर्छन् । ‘बढीमा १०र१५ प्रतिशत किसानलाई युरिया मल अभाव भएको छ, यसवर्ष अधिकांश किसानले समयमै मल पाएका छन् ।’
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै