संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    दैलो यातायातको टिकट काउन्टर मोहनी बजारमा

    दैलो यातायातको टिकट काउन्टर मोहनी बजारमा

    संघारी न्युज
    १७ साउन २०८२
    1.5k
    Shares

    कैलाली । दैलो यातायात प्रालिले नेपालगन्जसम्मको सहज यात्राकोलागि कैलारी गाउँपालिका ८ मोहनी बजारमा टिकट काउन्टर स्थापना गरेको छ ।

    विगत छ महिनादेखि नियमितरुपमा धनगढीदेखि नेपालगन्जसम्म आठ वटा ईलेक्ट्रिक माईक्रो बस सञ्चालनमा रहेको दैलौ यातायात प्रालिले जानकारी दिए ।

    प्रालिका अनुसार कैलाली र कञ्चनपुरका यात्रुहरुलाई नेपालगन्जसम्मको यात्राकोलागि छिटो र सहजतालागि टिकट काउन्टर स्थापना भएको हो ।

    दैलो यातायात प्रालिले कञ्चनपुरको बेलौरी नगरपालिका स्थित बेलौरी बजार, कैलारी गाउँपालिकाको भितरिया, हुलिया, रामपुर बसन्ता, भजनी, टीकापुर सत्ती लगायत ठाउँमा काउन्टर स्थापना गरिसकेको छ ।

    धनगढी उपमहानगरपालिका ८ क्याम्पस रोड गुरही चौकमा दैलोको मुख्य टिकट काउन्टर रहेको छ । दैलो यातायात प्रालिले मोहनी बजारदेखि धनगढी, नेपालगन्ज र बैलौरीदेखि धनगढी, हसुलिया भजनी, टिकापुरहुदै नेपालगन्जसम्मा सहजरुपमा सेवा दिईरहेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com