कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको कुल जनसंख्याको ९५ प्रतिशत जनसंख्या साक्षर रहेको दावी गरेको छ ।
प्रदेशमा पढ्न, लेख्न सक्ने ९५ प्रतिशत जनसंख्या हुनु भनेको सरकारले मुख्य उपलब्धी रहेको दाबी गरेको हो । मुख्यमन्त्री कमल बहादुर शाहले मंगलबार ३५ बुँदे एक वर्षे उपलब्धी सार्वजनिक गर्दै सो कुरा बताएका हुन् ।
उनले भने, ‘सुदूरपश्चिम प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको साक्षर नेपाल अवधारणा पत्रको उपलब्धी स्वरुप प्रदेशका १५ देखि ६० वर्ष उमेर समूहका साक्षर नागरिकहरुको संख्या औषतमा ९५ प्रतिशत पुगेकोले सुदूरपश्चिम प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ ।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार सुदूरपश्चिमको जनसंख्या २६ लाख ९४ हजार सात सय ८३ नाघेको छ ।
प्रदेश सरकारको तथ्यांकअनुसार नौवटै जिल्लाको जिल्लागत साक्षरता दर ९५ प्रतिशतभन्दा माथि रहेको छ । तथ्यांकअनुसार दार्चुलाको साक्षरता दर ९५।४० रहेको दाबी गरिएको थियो । भने, बाजुराको साक्षरता दर प्रदेशमा सबैभन्दा बढी ९७।३१ प्रतिशत छ । बाजुरालाई असार ०७९ मा साक्षर घोषणा गरिएको थियो । बैतडीको साक्षरता दर ९६.५३, डडेल्धुराको ९८.८, बझाङको ९५.६०, डोटीको ९६.५५, अछामको ९५.५५, कैलालीको ९६.२० र कञ्चनपुरको साक्षरता दर ९६.२१ प्रतिशत रहेको दाबी गरिएको छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै