संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कारागारमा सामुहिक झडप : जिल्लाका सुरक्षा प्रमुखहरुलाई कारागार प्रवेशमा रोक

    कारागारमा सामुहिक झडप : जिल्लाका सुरक्षा प्रमुखहरुलाई कारागार प्रवेशमा रोक

    संघारी न्युज
    २५ साउन २०८२
    1.5k
    Shares

    कैलाली । कैलाली कारागारमा झडपपछि अवस्था बुझ्न गएका कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाल सहितका जिल्लाका सुरक्षा प्रमुखहरुलाई कैदीबन्दीहरुले कारागार प्रवेशमा रोक लगाएका छन् ।

    कारागारभित्र कैदीहरुबीच भएको सामूहिक झडपमा एक जनाको मृत्यु र ४७ जना घाईते भएपछि चार वटै सुरक्षा निकायका प्रमुखहरु बिहान करीव १० बजे कारागारको अवस्था बुझ्न गएका थिए । कैदीबन्दीहरुले कारागारभित्र प्रवेश गर्न नदिएपछि जिल्लाका सुरक्षा प्रमुखहरु कारागार परिसरबाटै फर्किएका छन् ।

    कैलाली कारगारमा १५० कैदीबन्दी क्षमता हो, तर कारागारमा हाल ७०० बन्दी छन् ।

    केही दिन पहिले पनि विवाद भएपछि बिहीबार प्रमुख जिल्ला अधिकारी गोगन हमालले समस्या समाधान गरेको बताएका थिए । तर त्यसको भोलि पल्टनै उपमहानगरपालिका ४ का भरत चौधरीको मृत्यु भएको छ । भने ४७ जना घाइते भएका छन् ।

    दुई दिनयता कारागारभित्र झडपका सूचना बाहिर आएपनि प्रहरी प्रशासनले समयमै समस्या समाधानका लागि चासो नदेखाएका कारण मानवीय क्षति भएको हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com