काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सङ्घीय समितिले आफ्नो २६ औं स्थापना दिवसको अवसरमा १२ जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यमा मंगलबार एक कार्यक्रमका बीच पुरस्कृत गरिने भएको छ ।
फोनिज सचिवालय बैठकले निर्णय गरेअनुसार फोनिज सम्मान २०८२ बाट पूर्व अध्यक्ष गजुरधन राई ९नेपाल टेलिभिजन०, पूर्व उपाध्यक्ष अमरध्वज लामा ९रेडियो शार्दूल० र राजवंशी भाषाको त्रैमासिक पत्रिका ‘कोचिला सामाद’ (झापा) सम्मानित हुने भएको छ ।
त्यस्तै, फोनिज पुरस्कार २०८२ बाट पत्रकार सविन प्रियसन (दाङ), मुनेस लायो मगर (पर्सा) र वन्दना दनुवार (उदयपुर) पुरस्कृत हुनलागेकी हुन् ।
सोहीअनुसार पत्रकार मच्छे गुरुङलाई फोनिज प्रवास अवार्ड २०८२ प्रदान गरिनेछ । फोनिज ललितपुर शाखाकी पूर्व सदस्य उहाँ अहिले अमेरिका बस्दै आउनुभएको छ । अमेरिकामा रहेर नेपाली भाषा र पत्रकारिताको प्रवर्धनमा उनले भूमिका खेल्दै आएकी छिन् ।
सोहीअनुसार फोनिज मलेसिया पुरस्कारबाट दुई जना पत्रकार सम्मानित हुने भएका छन् । फोनिज मलेसियाका कार्यवाहक अध्यक्ष घनश्याम चौधरीका अनुसार पुस्कृत हुनुहुने पत्रकारमा ज्ञानेन्द्र थोकर तामाङ (मकवानपुर) र सपना थामी ९दोलखा० रहेकी छिन् । उनीहरु सबैलाई स्थापना दिवसको अवसरमा मङ्गलबार सम्मानित गरिने फोनिज सङ्घीय समितिका अध्यक्ष लक्की चौधरीले जानकारी दिए ।
ज्ञानेन्द्र मकवानपुरबाट प्रकाशित हुने राक्सिराङ साप्ताहिक सञ्चालन गर्दै आएका छन् । त्यस्तै, पत्रकार थामी गोरखापत्र अनलाइन, काठमाडौंमा कार्यरत रहेका छन् ।
त्यस्तै, फोनिज युके पुरस्कारबाट पनि दुई जना पत्रकार सम्मानित हुने भएका छन् । त्यस्तै, फोनिज बागमती प्रदेशले स्थापना गरेको पुरस्कारबाट एक जना पत्रकार पुरस्कृत हुनुहुने अध्यक्ष चौधरीले जानकारी दिए ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै