संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    गेटा अस्पताल प्राथमिकताको आयोजना

    गेटा अस्पताल प्राथमिकताको आयोजना

    संघारी न्युज
    ६ भाद्र २०८२
    1.2k
    Shares

    कैलाली । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सञ्चालित गेटा अस्पताललाई तीन सय शय्याको बनाउन आवश्यक तयारी भइरहेको बताए । प्रेस युनियन कैलालीले योजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले गेटा स्वास्थ्य मन्त्रालयको पहिलो प्राथमिकताको आयोजना भएको र त्यहाँ तीन सय शय्याको अस्पताल सञ्चालन गर्न आवश्यक तयारी भइरहेको बताए  ।

    उनका अनुसार तीन सय शय्याको अस्पताल सञ्चालन गर्न बजेट र दरबन्दी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा फाइल पठाइएको छ । “तीन सय शय्याको अस्पताल सञ्चालन गर्न गत वर्ष डेढ सय अस्थायी दरबन्दी स्वीकृत गरेका थियौँ,” उनले भने, “यस पटक साढे दुई सय दरबन्दी स्वीकृतिका लागि फाइल अर्थ मन्त्रालयमा पठाएका छौँ । चिकित्सा शिक्षा अध्यापनका लागि पनि तीन सय शय्याको अस्पताल सञ्चालन भएको हुनु पर्छ । गेटामा तीन सय शय्याको अस्पताल बनाएरै छोडिन्छ ।”

    उनले सेती प्रादेशिक अस्पताललाई जोडेर गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्न खोजिएको तर उक्त योजना सफल हुन नसकेको बताए । प्रदेशको अस्पताललाई सङ्घमा तान्दा सङ्घीयता कार्यान्वयनमा समस्या आउँछ भन्ने कुरा आयो, त्यसैले सेतीलाई सङ्घमा लैजाने कुरा रोकिएको हो ।

    स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षा मन्त्रालय अन्तर्गत रहेको हुँदा अन्य काम भने आफ्नो मन्त्रालयको जिम्मेवारीमा नरहेको मन्त्री पौडेलले बताछन् । नियुक्तिका प्रक्रिया अगाडि बढाउने काम शिक्षा मन्त्रालयको हो ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com