कैलाली । हमासद्वारा अपहरणमा परेका नेपाली विपिन जोशीकी आमा र बहिनी १० दिनको इजरायल भ्रमणपछि स्वदेश फर्किएका छन्। भ्रमणका क्रममा उनीहरूले इजरायलका राष्ट्रपति, प्रधानमन्त्री, सेना प्रमुख र परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरेका थिए। साथै, विपिन अपहरणमा परिएको स्थान समेत उनीहरूले अवलोकन गरेका थिए।
तेलअभिभ विमानस्थलमा नेपाली राजदूत धनप्रसाद पण्डित, प्रधानमन्त्री कार्यालयका प्रतिनिधि जोस र नदाब बेन यहुदाले उनीहरूलाई विदाइ गरेका थिए। गत वर्ष अक्टोबरमा हमासले इजरायलमाथि गरेको आक्रमणका क्रममा विपिन जोशी बन्धक बनेका हुन् ।
उक्त आक्रमणमा करिब १,२०० जनाको ज्यान गएको थियो भने २५१ जना बन्धक बनाइएका थिए। सोही आक्रमणमा १० जना नेपालीले ज्यान गुमाएका थिए। विपिन जोशी ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै