संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कर्णाली नदी कटानले गाउँ जोखिममा

    कर्णाली नदी कटानले गाउँ जोखिममा

    संघारी न्युज
    १६ भाद्र २०८२
    1.1k
    Shares

    बर्दिया । बर्दिया र कैलालीको सीमा भएर बग्ने कर्णाली नदीले गेरुवा गाउँपालिका(२ बनघुस्रास्थित तटबन्ध कटान गर्न थालेपछि गेरुवा गाउँपालिकाका गाउँ उच्च जोखिमा छन् । कर्णाली नदीको कटानले करिब ३ सय मिटर तटबन्ध बगाएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, राजापुरले जनाएको छ ।

    ५ वर्षअघि झन्डै ३ करोडको लागतमा निर्माण भएको तटबन्ध र स्पर पानीको बहाव बढेपछि बगाएको छ । सिँचाइ तथा जलस्रोत आयोजनाका आयोजना प्रमुख सुदिन मुक्तानले नदीले अहिले कटान गरिरहेको र नियन्त्रण गर्न समस्या भएको बताए । तटबन्धको सडक ५ मिटरमध्ये अब २ मिटर कटान हुनासाथ कर्णाली बस्तीमा पस्ने जोखिम छ ।

    कटान रोकिएको छैन्, मुक्त्तानले भने आपत्कालीन तटबन्धका लागि वर्षातमा बोल्डर (ठुला ढुङ्गा) पाइँदैनन् । गेरुवा गाउँपालिका–२ बनघुस्राका स्थानीय तटबन्ध बगाएपछि नदीको बाढी गाउँ पस्ने हो ।

    सोमबारदेखि लगातार पानी परिरहेकोले कर्णालीमा जल स्तर बढ्दै गएको छ । बिहान ७ दशमलव ८ मिटर पानीको बहाव थियो । गेरुवा गाउँपालिकाका(२ का वडाध्यक्ष कृष्ण थारुले नदी कटान तीव्र भएकाले आधा दर्जनभन्दा बढी गाउँ जोखिममा रहेको बताए ।

    नदीले अत्यधिक कटान गर्न थालेपछि स्थानीय बासिन्दा, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना र सुरक्षा निकायका सुरक्षा निकायका सुरक्षाकर्मीहरू कटान नियन्त्रणका लागी लागेको भए पनि अहिले सम्म नियन्त्रणमा आउन सकेको छैन । गेरुवा गाउँपालिका २ स्थित बनघुस्राबाट कर्णाली नदी गाउँ पसेमा बनघुस्रासहित भैरमपुर, टिकलीगढ, खुटेना लोहारपुर,सनकट्टी र बनकट्टी गाउँ सखाप हुनसक्ने सम्भावना छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com