संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    रुखमा झुन्डिएको अवस्थामा दुई किशोरी मृत फेला

    रुखमा झुन्डिएको अवस्थामा दुई किशोरी मृत फेला

    संघारी न्युज
    १९ भाद्र २०८२
    1.2k
    Shares

    अछाम । अछाममा दुई जना किशोरी रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

    अछामको तुर्माखाँद गाउँपालिका ६ मा दुई जना किशोरी एउटै रुखको एउटै हाँगामा झुन्डिएको अवस्थामा बिहीबार मृत फेला परेका हुन् ।

    प्रमुख जिल्ला अधिकारी आनन्द सारुले दुई जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेको जानकारी आएको बताउँछन् । घटनाबारे जानकारी पाउनसाथ प्रहरी निरीक्षकको टोली घटनास्थल तर्फ गइसकेको प्रजिअ सारुले जानकारी दिए ।

    दुवै किशोरी १७ गतेदेखि सम्पर्कविहीन थिए । घरका आफन्तहरूले खोजी गर्ने क्रममा घरदेखि केही दूरीमा रहेको वनमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com