संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कैलालीमा त्रिपक्षिय प्रतिस्पर्धा हुन सक्ने

    कैलालीमा त्रिपक्षिय प्रतिस्पर्धा हुन सक्ने

    संघारी न्युज
    २७ असोज २०७९
    1.3k
    Shares

    कैलाली । प्रतिनिधिसभा अन्तर्गत ५ निर्वाचन क्षेत्र रहेको कैलालीमा सत्तारुढ गठबन्धन, नेकपा एमाले र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

    गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कैलालीका केही पालिकामा नागरिक उन्मुक्ति पार्टीले अप्रत्यासित सफलता हासिल गरेका कारण आसन्न निर्वाचनमा यो पार्टीले गठबन्धन र एमालेलाई कडा चुनौती दिने अनुमान गरिएको छ ।

    कैलाली–१ मा गठबन्धनबाट नेपाली कांग्रेसका रामजनम चौधरी र एमालेबाट तपेन्द्र बहादुर रावल उम्मेदवार छन् । यहाँ नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरीकै पत्नी रञ्जिता चौधरी उम्मेदवार छिन् ।

    यस्तै, राप्रपाबाट लोकेन्द्र कुँवर, नेमकिपाबाट धनबहादुर मगर, नेपालका लागि नेपाली पार्टीबाट मानबहादुर चौधरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट भोजबहादुर विश्वकर्मा, राष्ट्रिय जनमुक्ति पार्टीबाट तिलकबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टंकबहादुर जैशी९ढुंगाना० र स्वतन्त्रतर्फ विजयराज मयाल र ललितबहादुर थापा उम्मेदवार छन् ।

    क्षेत्र नम्बर २ मा ९ जना प्रतिस्पर्धी छन् । यहाँ सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका भगतबहादुर बडुवाल र एमालेबाट झपटबहादुर रावल उम्मेदवार छन् ।

    यसैगरी राप्रपाबाट भरत सिहं विसि ९बुढाक्षेत्री०, नेमकिपाबाट रमेश कुमार रावल, लोसपा नेपालबाट कमलेश कुमार चौधरी, नेकपा माओवादी समाजवादीबाट शेखर शर्मा, नागरिक उन्मुक्ति पार्टीबाट अरुन कुमार चौधरी, मंगोल नेशनल अर्गनाइजेसनबाट पदम बहादुर वुढामगर, नेपाल लोकतान्त्रिक पार्टीबाट देशराम चौधरी उम्मेदवार छन् ।

    क्षेत्र नम्बर ३ मा ८ जना उम्मेदवार छन् । जसमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका कृष्ण कुमार चौधरी, नेकपा एमालेबाट गौरीशंकर चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी उम्मेदवार छन् ।

    यस्तै, राप्रपाबाट वीरेन्द्र बहादुर बम, नेमकिपाबाट गंगा देवी पौडेल, नेकपा मालेबाट परेक बहादुर रावल र स्वतन्त्रतर्फ नवीन कुमार बोहरा र रमेश आचार्य उम्मेदवार छन् ।

    यस्तै कैलाली क्षेत्र नम्बर ४ मा १० जना उम्मेदवार छन् । यहाँ सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वीरबहादुर बलायर र एमालेबाट लेखराज भट्ट उम्मेदवार छन् । यस्तै, राप्रपाबाट जयबहादुर धामी, नेमकिपाबाट सिताराम पण्डिल, मौलिक जरोकिलोबाट चेत राज साउँद, जनता प्रगतिशील पार्टीबाट मोहन देव मिश्र, नागरिक उन्मुक्ति पार्टीबाट कइयाँ चौधरी, नेपाल संघीय समाजवादी पार्टीबाट भिम बहादुर थापामगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोविन्द प्रसाद भट्ट र स्वतन्त्र उम्मेदवार मेखराज जोशी मैदानमा छन् ।

    क्षेत्र नम्बर ५ मा पनि १० उम्मेदवार छन् । यहाँ नेकपा एमालेबाट नारदमुनि राना र सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका डिल्लीराज पन्त उम्मेदवार छन् । यस्तै, नेमकिपाबाट नन्दा कुमारी दर्लामीमगर ९राना०, लोसपा नेपालबाट दान बहादुर विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट इश्वरी विष्ट उम्मेदवार छन् ।

    यहाँ स्वतन्त्र रुपमा जगदीश चौधरी, सत्यराज उपाध्याय, रामबहादुर सिंह, गगन बहादुर धामी र पुष्करनाथ ओझा उम्मेदवार छन् । ओझा कांग्रेसले कारवाही गरेपछि स्वतन्त्र उम्मेदवार बनेका हुन् । क्षेत्र नं। ५ बाट लक्ष्मण थारुको उम्मेदवारी खारेजीपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवार जगदीश चौधरी समर्थन गर्ने जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com