संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कैलाली उद्योग वाणिज्यमा पुष्कर ओझा निर्वाचित

    कैलाली उद्योग वाणिज्यमा पुष्कर ओझा निर्वाचित

    संघारी न्युज
    २६ असोज २०८२
    1.1k
    Shares

    धनगढी । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्कर ओझा निर्वाचित भएका छन् ।

    कुल खसेका १९४० मतमध्ये ९५० पाएर ओझा बिजयी भएका हुन् । ६१ मतको अन्तरले निकटतम प्रतिद्धन्द्धी रुपेश स्वाँरलाई पराजित गर्दै ओझा अध्यक्षमा निर्वाचित भएका हुन् । शुरुदेखि नै झिनो मतले पछि परेका स्वाँरले ८८९ मत पाए । ओझा र स्वाँरबीचको प्रतिस्पर्धा अत्यन्त रोचक रह्यो ।

    ओझा र स्वाँर दुबै जनाको प्यानल चुनावी मैदानमा होमिएको थियो । निवर्तमान कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष रहेका ओझाको नेतृत्वमा चुनावी मैदानमा होमिएको प्यानलका अधिकांश उम्मेदवार बिजयी भएका छन् ।

    बरिष्ठ उपाध्यक्षमा स्वाँर प्यानलका उम्मेदवार केशव राज जोशी बिजयी भएका छन् । जोशीले ९५७ मत प्राप्त गरे । जोशी स्वाँर प्यानलका उम्मेदवार हुन । उनका निकटतम प्रतिद्धन्द्धी ओम बहादुर बिष्टले ५५५ मत पाए । अर्का उम्मेदवार सुरेन्द्र राठीले २७२ मत प्राप्त गरेका छन् ।

    त्यस्तै उद्योग तर्फको उपाध्यक्षमा लक्ष्मणराज पन्त बिजयी भए । पन्त ९७६ मत सहित बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी बासुदेव भट्टले ७३५ मत प्राप्त गरे ।

    एशोसियट उपाध्यक्षमा मनोज अग्रवाल बिजयी भए । अग्रवाल ६०२ मत सहित बिजयी भएका हुन् । अर्का उम्मेदवार कविन्द्र पन्तले ५७२ मत र अनिल कुमार भोजानियाले ५१५ मत पाए ।

    त्यस्तै वाणिज्य तर्फको उपाध्यक्षमा गगनराज केसीले १००१ मत प्राप्त गरेर बिजयी भए । उनकी निकटतम प्रतिद्धन्द्धी राधिका कुमारी चौधरीले ७०९ मत ल्याईन् ।

    वस्तुगत तर्फको उपाध्यक्षमा भीम राज ओझा अबुले ९०८ मत ल्याएर बिजयी भए सोही पदका अर्का उम्मेदवार सिद्धराज पनेरुले ८२८ मत ल्याए ।
    उपाध्यक्षमा निर्वाचित जोशी र पन्त सहित दुई जना स्वाँर प्यानलका उम्मेदवार हुन् भने अग्रवाल र केसी र ओझा सहित तीन जना ओझा प्यानलका उम्मेदवार हुन् ।

    त्यस्तै महासचिवमा दिनेश लम्साल ९१२ मत ल्याएर बिजयी भए । उनी ओझा प्यानलबाट निर्बाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी सुरेश राज पाण्डेयले ८३४ मत पाए ।

    त्यसैगरी कोषाध्यक्षमा तिलक सिंह बोहरा ११०९ मत ल्याएर बिजयी भए । उनका निकटतम प्रतिद्धन्द्धी सुरेन्द्र बहादुर कडायतले ६०२ मत पाए । बोहरा सर्बाधिक बढि मत र सबैभन्दा बढि फराकिलो अन्तर सहित बिजयी भएका हुन् ।

    त्यस्तै सचिव पदमा स्वाँर प्यानलका उम्मेदवार प्रकाश बहादुर चन्द ९२६ मत सहित बिजय भए । ओझा प्यानलकी कृष्णा कुमारी बिष्टले ५१४ र स्वतन्त्र उम्मेदवार कोपिला कुँवर चौलागाईले ३३३ मत ल्याईन् ।

    २३५५ मतदातामध्ये निर्वाचनमा १९४० मत खसेको थियो ।

    सदस्यमा शुभ ठाकुरले सर्बाधिक (१०६६) मत ल्याएका छन् । सदस्यमा ठाकुर सहित २९ जना बिजयी भए ।
    बिजयी पदाधिकारी र सदस्यहरुको सूचि

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com