संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदूरपश्चिमको सबै मन्त्रालय सञ्चालनमा

    सुदूरपश्चिमको सबै मन्त्रालय सञ्चालनमा

    संघारी न्युज
    ३० असोज २०८२
    1.3k
    Shares

    कैलाली । जेनजी प्रदर्शनकारीको आगजनी र तोडफोडपछि अस्तव्यस्त बनेका सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित सबै मन्त्रालय सञ्चालनमा आएका छन्। तोडफोड तथा आगजनीपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित मन्त्रालयहरूको कामकाज रोकिएको थियो।

    सरसफाइ र मर्मतसम्भार गरेर मन्त्रालयहरूलाई सञ्चालनमा ल्याइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सूचना अधिकारी (उपसचिव) जगदीश जोशीले जानकारी दिए।
    त्यस्तै बढी क्षति भएका मन्त्रालयको कामकाज अन्य भवनबाट शुरु भएको छ ।

    उपसचिव जोशीका अनुसार भदौ २४ गते जेनजी आन्दोलनकारीले प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयसहित विभिन्न कार्यालयमा क्षति पु¥याएका थिए। कम क्षति भएका मन्त्रालयहरू सरसफाइ र आवश्यक मर्मत गरेर कामकाज सुचारु गरिएको छ।

    बढी क्षति भएको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयको भवनबाट भने तत्कालै कामकाज सञ्चालन गर्न नसकिने भएकाले वैकल्पिक भवनबाट कामकाज भइरहेको छ । सबैभन्दा बढी क्षति भएको प्रदेश सभा भवन भने सञ्चालनमा आउन सकेको छैन । प्रदेश सभा भवनको मर्मतका लागि छलफल चलिरहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ। सम्भवतः तिहारपछि प्रदेश सभा भवनको कामकाज सुरु हुने जोशीले बताए।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com