कैलाली । कैलालीसहित तराईमा कात्तिकमै बाक्लो हुस्सु लागेको छ । आइतबार बिहानैदेखि हुस्सु लागेको हो । मोन्था आँधीको असरले केही दिन मौसममा बदली भए पनि सुदूरपश्चिम प्रदेशको तराईमा हल्कामात्रै वर्षा भएको थियो ।
मौसममा सुधार हुँदै गएपछि बाक्लो हुस्सु लाग्न सुरु भएको छ । हुस्सुका कारण सवारी साधन दुर्घटनाकोे जोखिम पनि बढेको छ ।

हुस्सु लागेसँगै विस्तारै चिसो पनि बढ्ने धनगढी उपमहानगरपालिका–८ का विवश चौधरीले बताउनुभयो । “आज त खासै चिसो महसुस भएको छैन”, मर्निङ वाक गर्दै गरेको अवस्थामा भेटिनु भएका उहाँले भन्नुभयो, “तर यस्तै रह्यौ भने अब चिसो बढ्दै जान्छ ।”
मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढीको अकितम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियस र न्यूनतम् तापक्रम २० देखि २२ डिग्री सेल्सियसको बिचमा रहेको छ ।

-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै