धनगढी । मुक्त कमैया, कमलरी सम्बन्धी कार्यविधि कार्यान्वयन गरेको सुदूरपश्चिम प्रदेश सरकारसहित दुई स्थानीय तहलाई सम्मान गरिएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले आइतबार धनगढीमा एक कार्यक्रमकाबिच सम्मान गरेको हो ।
मञ्चले प्रदेश सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, भजनी नगरपालिकाका प्रमुख केवल चौधरी र जानकी गाउँपालिकाका उपाध्यक्ष लालमति कठरियालाई दोसल्ला ओढाएर सम्मान गरेको छ । प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मुक्त कमैया, कमलरी सम्बन्धी कार्यविधि बनाएर कार्यान्वयनमा ल्याइसकेको छ ।
यसैगरी, जानकी गाउँपालिकाले पनि कार्यविधि बनाएर कार्यान्वयन गरिसकेको छ भने भजनी नगरपालिकाले कार्यविधि बनाएर कार्यान्वयनको प्रक्रियामा अगाडि बढेको जनाइएको छ ।
महिलामाथि हुने सबै खाले विभेद अन्त्य गर्ने संयुक्त राष्ट्र संघीय महासन्धीको कमिटीमा नेपालको तर्फबाट ६० वटा सुझावको छायाँ प्रतिवेदन बुझाइएको छ । जसमा पहिलो पटक मुक्त कमलरीको सवाल पनि समेटिएको मञ्चका उपाध्यक्ष यशोकान्ति भट्टचनले जानकारी दिनुभयो । मञ्चका अध्यक्ष सुनी लामाको अध्यक्षतामा कार्यक्रम भएको थियो । गोरखापत्रबाट ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै