कैलाली । सुदूरपश्चिमको सबैभन्दा ठूलो सांस्कृतिक–व्यापारिक पर्व, सुदूरपश्चिम महोत्सव, यस वर्ष आफ्नो १९औँ संस्करण सहित भव्य रूपमा प्रारम्भ भएको छ।
सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धि, साँस्कृतिक पहिचान र विकासका सम्भावनाहरुलाई उजागर गर्ने ध्येय सहित वि.सं २०६३ सालदेखि कैलाली उद्योग वाणिज्य संघको आयोजनामा नियमित रुपमा धनगढीमा सुदूरपश्चिम महोत्सव हुँदै आएको छ।
सुदूरपश्चिम महोत्सवको इतिहासले आफैँमा संघर्ष र पहिचानको कथा बोकेको छ। वि.सं. २०६३ सालमा २१ बुँदे मागपत्र बुझाउँदै ‘शालिन आन्दोलन’ को शैलीमा सुरु भएको यो महोत्सव, पछिल्ला वर्षहरुमा प्रदेशकै सबैभन्दा ठूलो उत्सवका रूपमा उभिन सफल भएको छ।
धनगढी उपमहानगरपालिकाका वर्तमान मेयर गोपाल हमालका अनुसार, यो महोत्सव सुदूरपश्चिमको कला, संस्कृति, उत्पादन र सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउने र स्थानीय अर्थतन्त्रमा उभार ल्याउने उद्देश्यसहित अगाडि बढाइएको थियो।
सुदूरपश्चिामबासिका कतिपय मागहरु अझै पूरा नभए पनि, महोत्सवले सुदूरपश्चिमको आवाज देशभर पु¥याउन ठूलो योगदान दिँदै आएको उनले स्मरण गराए। लमो समयदेखि सुदूरपश्चिमका जनताको अवस्था नफेरिएको तथ्य प्रस्तुत गर्दै मेयर हमालले यो प्रदेशलाई बजेटमा प्राथमिकता दिन पनि सुझाए।
यसवर्षको महोत्सव ‘पर्यटन, संस्कृति, उद्योग र व्यापारः समृद्ध सुदूरपश्चिमको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको छ। नाराले नै यो महोत्सव केवल मनोरञ्जन वा उत्सव मात्र नभई प्रदेशको आर्थिक, सामाजिक र सांस्कृतिक पुनर्जागरणको बाटो हो भन्ने सन्देश दिन्छ। आयोजक संघका अध्यक्ष पुष्करराज ओझाले यो महोत्सवलाई सुदूरपश्चिमको समग्र पहिचान उजागर गर्ने अवसरको रूपमा वर्णन गर्दै उनले सुदूरपश्चिमको विकासकालागि न्यायपुर्ण मागहरु प्रस्तुत गर्ने गरिएको बताए।
‘हामीले यहाँहरुको साथ र समर्थनमा सुरुदेखि नै सुदूरपश्मि प्रदेशको समृद्धिका आधारहरुलाई मागका रुपमा सरकार समक्ष प्रस्तुत गर्दै आएका छौँ, केहि मागहरु पुरा भएपनि मूलभुत मागहरु यथावत नै छन्।’ उनले भने, ‘सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धि, रोजगारी सिर्जना र सामाजिक न्याय सहितको विकासका लागि जुन स्तरमा निर्णय र कामहरु हुनुपर्दथ्यो त्यो हुन सकेको छैन। समानुपातिक र समावेशी विकासको हकदार हामी सुदूरपश्चिमेली पनि हौँ, हाम्रो भावनालाई बुझेर ठोस कदमहरु चलिनुपर्छ।’
अध्यक्ष ओझाका अनुसार, यस वर्षको महोत्सवमा ५०० भन्दा बढी स्टलहरू राखिएका छन्, जसमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक्स, सूचना–प्रविधि, होटल र स्थानीय उत्पादनसमेत समावेश छन्। सबै स्टल बुकिङ भइसकेको जानकारी उनले दिए। यो तथ्य मात्रले पनि सुदूरपश्चिमका उद्यमी र उत्पादकहरूको सक्रियता र अपेक्षा झल्किन्छ।
यस संस्करणको प्रमुख आकर्षण भनेको ‘बृहत् व्यवसायिक कृषि प्रदर्शनी’ हो। यसअन्तर्गत किसानलाई प्रविधिसँग जोड्ने, व्यावसायिक खेतीलाई आधुनिक बनाउने, जडिबुटी र स्थानीय कृषि उत्पादनलाई बजारसम्म पुर्याउने उद्देश्य राखिएको छ। सुदूरपश्चिम कृषि सम्भावनाले भरिएको प्रदेश भएपनि प्रविधि र बजार पहुँचको चुनौती आज पनि छ। यस्ता प्रदर्शनी किसान–उद्यमी दुवै पक्षलाई नजिक ल्याउने पुल बन्ने अपेक्षा गरिएको छ।
सुदूरपश्चिमको विविध कला–संस्कृतिलाई पनि महोत्सवमा विशेष स्थान र प्राथमिकता दिइएको छ। सुदूरपश्चिमका परम्परागत नृत्य, गीत, भेषभूषा, जातीय पहिचानयुक्त प्रस्तुति, घरेलु परिकार र मौलिक उत्पादन—सबैलाई मिलाएर महोत्सवलाई प्रदेशकै संस्कृतिको साझा मञ्च झैँ बनाइएको छ। संघका साँस्कृतिक संयोजक प्रकाश चन्दका अनुसार स्थानीय कलाकार, महिला समूह र घरेलु उद्यमीले बनाएका उत्पादनलाई विशेष स्थान दिनुले सांस्कृतिक पक्षलाई अझ मजबुत बनाउने उद्धेश्य स्पष्ट हुन्छ।
महोत्सवको आकर्षण स्थानिय परिकारहरू पनि हुन्। थारू समुदायका मौलिक खाना, तराई र पहाडी स्वाद मिसिएका स्थानीय भोजनका परिकार, जडीबुटीजन्य खाद्यउत्पादन र सुदूरपश्चिमका विशेष परिकारहरूले महोत्सवमा छुट्टै आकर्षण थपेको छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै