काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोलि बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको निष्कर्ष निकालेको छ।
गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख एवं प्रवक्ता आनन्द काफ्लेका अनुसार बैठकमा सबै सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ब्रिफिङ लिइएको र सोही अनुरूप निर्वाचनको सुरक्षा तयारी पूरा भएको बैठकले निष्कर्ष निकालेको हो ।
बैठकले संवेदनशील क्षेत्रमा हेलिकोप्टरबाट पेट्रोलिङ गर्ने, निर्वाचन विरोधी गतिविधि हुनसक्ने विषयमा सम्भावित सूचना सङ्कलन गर्ने, कानुन विपरितका गतिविधि भए–गरेको पाइएका कानुन बमोजिम तुरुन्त कारबाही गर्ने लगायतका निर्णय गरेको छ ।
यस्तै बैठकले निर्वाचनको सुरक्षा व्यवस्थापन चुस्त दुरुस्त बनाइएकाले सबैलाई भोलि हुने निर्वाचनमा ढुक्क भएर मतदानमा सहभागी हुन आव्हान गर्ने निष्कर्ष समेत निकालेको छ ।
बैठकमा गृहमन्त्री अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरू तथा गृहमन्त्रालयका उच्च अधिकारीको सहभागी रहेको थियो।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै