संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कैलालीमा एक वृद्ध मृत अवस्थामा फेला

    कैलालीमा एक वृद्ध मृत अवस्थामा फेला

    संघारी न्युज
    १३ बैशाख २०८३
    531
    Shares

    कैलाली । कैलालीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। शनिबार जानकी गाउँपालिका–९ कतासे स्थित रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको हाइड्रोपावर नहरमा उनी मृत अवस्थामा फेला परेका हुन्।

    मृत फेला पर्नेमा जानकी गाउँपालिका–८ बस्ने ७७ वर्षीय हरिराम थारु हुन् ।

    घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com