संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    करेन्ट लागेर एक महिलाको मृत्यु

    करेन्ट लागेर एक महिलाको मृत्यु

    संघारी न्युज
    १७ बैशाख २०८३
    549
    Shares

    कैलाली । कैलालीमा आफ्नै घरमा पानी तान्ने मोटरबाट करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका अनुुुसार बुधबार साँझतिर महिलालाई करेन्ट लागेको थियो ।

    नल्काबाट पानी तान्ने मोेटरबाट करेन्ट लागेर गम्भीर घाइते विकलाई उपचारका लागि मायामेट्रो अस्पताल लगिएको थियो । चेकजाँच गरेर चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com