नेपालगन्ज । वर्षौँदेखि अभाव र सङ्घर्षमा बाँचेका मुक्त कमैया र सुकुमवासीको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित बर्दियाको बढैयातालमा सञ्चालन गरिएको ‘फोर बेटर मोडल भिलेज’ कार्यक्रमको नेपालगन्जमा शुभारम्भ गरिएको छ ।
नेपालगन्जमा बिहीबार आयोजित एक कार्यक्रममा ‘फोर बेटर मोडल भिलेज’ को शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले कृषि उत्पादन र वातावरण संरक्षणलाई एकसाथ जोडेर गाउँको मुहार फेर्दै नमुना गाउँ बनाउने अभियानमा प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।
उनले विश्वभर अग्र्यानिक उत्पादन र उपभोगबारे बहस भइरहेको बेला लुम्बिनीको एउटा गाउँलाई नमुना बनाउने प्रयास अत्यन्त प्रशंसनीय रहेको जनाउँदै यस्ता कार्यक्रम अतिनै आवश्यक रहेको बताए ।
कृषि उत्पादन, पोषण, वातावरण संरक्षण र जीवनस्तर सुधारलाई मुख्य आधार बनाएर दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यसहित खाद्य तथा कृषि सङ्गठन (एफएओ) को समन्वयमा बढैयातालमा ‘फोर बेटर मोडल भिलेज’ कार्यक्रम सञ्चालन गरिएको हो ।
सो कार्यक्रममार्फत मुक्त कमैया, मुक्त कम्लहरी तथा सुकुमवासी परिवारको बसोवास रहेको ३० घरधुरीको बढैयाताल गाउँपालिका–९, टेसनपुरलाई नमुना गाउँका रूपमा विकास गर्ने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले बताए ।
उनले शुद्ध तोरीको तेल, दुग्धजन्य पदार्थ र कृषि उत्पादनका कारण बढैयातालले बेग्लै पहिचान बनाउँदै आएको उल्लेख गर्दै नयाँ परियोजनाले स्थानीयको जीवनस्तर अझ माथि उठाउने विश्वास व्यक्त गरे ।
टेसनपुर नमुना कृषक समूहकी अध्यक्ष देवी घर्तीका अनुसार तालिमपछि स्थानीय महिलाहरूले एक लाख १० हजार रुपियाँ बराबरको च्याउ उत्पादन गर्न सफल भएका छन् । “यो कार्यक्रमले आम्दानी मात्र होइन, वातावरण जोगाउने सोच पनि विकास गरेको छ,” उनले भने ।
शुभारम्भ कार्यक्रममा एफएओका नेपाल–भुटान समन्वय अधिकारी केन सिन्जु र नेपाल कृषि सहकारी सङ्घका केन्द्रीय अध्यक्ष एकराज उप्रेती लगायतले नमुना गाउँलाई अग्र्यानिक तथा पोषणयुक्त खाद्य उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताए ।
सो अवसरमा कालिका साना किसान सहकारी संस्थालाई आधुनिक कृषि सामग्रीसहितको ‘कस्टम हाइरिङ सेन्टर’ स्थापना प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागी बढैयातालका महिला अगुवा किसानहरूले आ आफ्नो अनुभव तथा आवश्यकता सुनाउँदै सो सम्बन्धमा विस्तृत छलफल गरेका थियो भने सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै