संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    टीकापुरमा सिकलसेल केन्द्र स्थापना

    टीकापुरमा सिकलसेल केन्द्र स्थापना

    संघारी न्युज
    ५ जेष्ठ २०८३
    495
    Shares

    टीकापुर । टीकापुर नगरपालिकाले सिकलसेलका बिरामीलाई लक्षित गरी सिकलसेल केन्द्र स्थापना गरेको छ । हरेक वडामा आधारभूत स्वास्थ्य पु¥याउने सरकारको लक्ष्य अनुसार नौवटै वडामा स्वास्थ्य केन्द्र स्थापना भए पनि ठुलो जनसङ्ख्या भएको वडा १ का नागरिकलाई उपचार र सिकलसेलका बिरामीलाई लक्षित गरी एघारौं स्वास्थ्य संस्था खोलेको हो ।

    करिब ४७ हजार जनसङख्या रहेको वडा नम्बर १ का सबै नागरिकलाई एउटै स्वास्थ्य संस्थाले सेवा दिन अपायक भएपछि टीकापुर नगरपालिका–१ ब्लक नम्बर २० मा सहरी स्वास्थ्य प्रवर्धन तथा सिकलसेल केन्द्र स्थापना गरिएको हो । राता रक्तकोषहरू बाँगिएर मर्ने ९सिकलसेल० एनिमिया थारूहरूमा मात्रै देखिएको रोग हो ।

    जनस्वास्थ्य निरीक्षक केवलसिंह सार्कीका अनुसार टीकापुर नगरपालिकामा एक हजार ९१४ जनाको रगत परीक्षण गर्दा ३२६ जनामा सिकलसेलको ट्रेट देखिएको सोमध्ये ८० जनामा कडा सिकलसेल रोग देखिएको छ ।

    कैलाली जिल्लामा ट्रेट देखिएका मानिस पाँच हजार जति रहेको र त्यसमध्ये ८०० जना जतिमा कडा खालको एनिमिया देखिएको तथ्याङ्क छ । कडा खालको सिकलसेल भएपछि राता रक्तकोष बाङ्गिएर मर्ने भएकाले सिकलसेलका बिरामीलाई पटक पटक रगत चढाउनुपर्ने, निरन्तर औषधी खुवाउनुपर्ने हुन्छ ।

    यो केन्द्र सञ्चालनका लागि नगरपालिकाले मेडिकल अधिकृतको नेतृत्वमा स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, फार्मासिस्ट, ल्याब असिस्टेन्ट, अनमी, अहेब गरी आठ जना स्वास्थ्यकर्मी भर्ना गरेर सेवा सुरु गरेको हो । यसअघि सामान्य उपचार लिन पनि टीकापुर अस्पतालमा पुगेर दिनभर लाग्ने सेवा अब टीकापुर नगरपालिका–१ का बासिन्दाले सहजै पाउने प्रमुख प्रशासकीय अधिकृत सुमन धितालको भनाइ छ ।

    यहाँ मेडिकल अधिकृतबाट सिकलसेल परामर्श तथा निदान सेवा, दैनिक बिरामी जाँच, प्रयोगशाला, फार्मेसीलगायत स्वास्थ्य चौकीमा पाइने सबै आधारभूत सेवा उपलब्ध भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक केवलसिंह सार्कीले बताए । उनले भने, ‘प्रयोगशालाको शुल्क निर्धारणको निर्णय नभएसम्म शुल्क लाग्ने प्रयोगशाला सेवा नहुन सक्छ ।’

    केन्द्रका प्रमुख तथा मेडिकल अधिकृत डाक्टर अभिनन्दन साहले १६ वटा शय्या भएकोले केन्द्रलाई अस्पतालका रूपमै विकास गर्न पनि समस्या नहुने बताए । उनले भने, ‘अहिले ओपिडी सेवा र स्वास्थ्यका प्रवर्धनात्मक सेवाहरू मात्र दिन्छौं ।’

    कोरोना महामारीका बेला २०७८ सालमा एशियाली विकास बैँकको एक करोड ७९ लाख रुपियाँको लागत सहयोगमा भवन निर्माण भएको थियो । जनस्वास्थ्य निरीक्षक सार्कीले भने, ‘स्वास्थ्य मन्त्रालयको ६९ लाख सशर्त अनुदान र बैँकको उपकरण सहयोग गरेपछि त्यही भवनमा सहरी स्वास्थ्य प्रवर्धन तथा सिकलसेल केन्द्र स्थापना गरिएको छ ।’ पूर्वाधार र उपकरण भएपछि नगरपालिकाले कर्मचारी व्यवस्थापन गरी केन्द्र सञ्चालनमा ल्याएको छ । गोरखापत्रबाट


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com