बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ बालापुरमा लिफ्ट सिँचाइमार्फत खेतबारीमा पानी पुग्न थालेपछि यहाँका किसानको जीवनशैलीमा परिवर्तन आएको छ । केही वर्षअघिसम्म आकाशे पानीको भरमा खेती गर्दै आएका किसान अहिले बाह्रै महिना खेतबारीमा व्यस्त देखिन्छन् ।
निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजना अन्तर्गत पश्चिम मूल नहरबाट लिफ्ट प्रणालीमार्फत सतही सिँचाइ सुविधा पुगेपछि बालापुरका किसान बेमौसमी तथा व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् ।
आयोजनाको पश्चिम मूल नहर र बाँके राष्ट्रिय निकुञ्ज बीचमा पर्ने बालापुर क्षेत्रमा पहिले दुई बाली लगाउनसमेत कठिन हुने अवस्था थियो तर, अहिले भने गाउँभरिका खेतबारी वर्षभरि हरियाली देखिन थालेको बालापुर लिफ्ट सिँचाइ कृषक समूहका अध्यक्ष लोकबहादुर खत्रीले बताउनुभयो । उहाँले सिँचाइ सुविधा किसानका लागि वरदान सावित भएको जनाउँदै अहिले खेतीसंगै उत्पादन पनि वृद्धि भएको दाबी गर्नुभयो ।
उहाँले थप्नुभयो–“पहिला खेतीबाट खान पनि पुग्दैनथ्यो, अहिले भने खान पुगेर बचतसमेत गर्न सकेका छौँ । दुई वर्षदेखि लिफ्ट सिँचाइको पानी आउन थालेपछि पहिले बाँझो रहने खेत अहिले सधैँ हरियो हुन्छ ।”
स्थानीय किसान उमा देवकोटाले आकाशे पानीको भरमा खेती गर्दा उत्पादनले परिवार धान्न कठिन हुने गरेको स्मरण गर्दै अहिले लिफ्ट सिँचाइका कारण तीन बाली उत्पादन गर्न सकिने अवस्था बनेको बताउनुभयो ।
उहाँले किसानका खेतसम्म पानी वितरणका लागि थप ‘प्वाइन्ट’ व्यवस्थापन गरिदिन आयोजनासँग आग्रह पनि गर्नुभयो ।
किसान देवकोटाले भन्नुभयो–“सिक्टा नहरको पानी हाम्रो लागि होइन जस्तो लाग्थ्यो, तर हामी गलत रहेछौँ । आयोजनाले लिफ्ट प्रविधिबाट भए पनि खेतसम्म पानी पु¥यायो ।”
सिक्टा सिँचाइ आयोजनाका संस्थागत विकास शाखाका अर्जुन न्यौपानेका अनुसार सतही सिँचाइ पुग्न नसक्ने क्षेत्रमा लिफ्ट प्रविधिमार्फत पानी पु¥याउने काम भइरहेको छ ।
उहाँले पश्चिम र पूर्वी नहर आसपासका विभिन्न स्थानमा लिफ्ट प्रणाली विस्तार भइरहेको जानकारी दिनुभयो ।
आयोजनाका अनुसार सिक्टा सिँचाइ आयोजनाबाट करिब ४३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य रहेको छ । हालसम्म २२ हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भइसकेको छ ।
सतही सिँचाइ नपुग्ने १६ स्थानमा लिफ्ट प्रणालीमार्फत पानी पु¥याउने योजनाअनुसार पश्चिम नहर क्षेत्रमा चार वटा आयोजना सञ्चालनमा आइसकेका छन् भने पूर्वी नहरमा ११ र पश्चिम नहरमा एक स्थानमा निर्माण कार्य जारी रहेको आयोजनाले जनाएको छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै