बैतडी । बैतडीमा शुक्रबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
धनगढीबाट बैतडी सदरमुकामतर्फ आउँदै गरेको सु।प।प्र। ०१–००१ ख ३९६३ नम्बरको बस दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ गैराखान क्षेत्रमा शुक्रबार दिउँसो करिब ३ बजे दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक भुवन तिमल्सिनाका अनुसार बस सडकबाट करिब ६० मिटर तल खसेको थियो। दुर्घटनामा १७ जना यात्रु घाइते भएकोमा दुई जनाको अवस्था गम्भीर रहेको प्रारम्भिक विवरण प्राप्त भएको उनले बताए।
घाइतेहरूको उद्धार गरी थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै