संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    नयाँ पुस्तालाई गुरही र सोटा बनाउने तालिम

    नयाँ पुस्तालाई गुरही र सोटा बनाउने तालिम

    संघारी न्युज
    २९ साउन २०८३
    459
    Shares

    कैलाली । कैलारी गाउँपालिकामा एक पुस्तादेखि अर्को पुस्तासम्म गुरही र सोटा बनाउने कार्यशाला भएको छ ।

    गोहिनके फाउण्डेसन कैलालीको आयोजना तथा कैलारी गाउँपालिकाको कार्यालयको सहयोगमा विद्यालयमा पढ्दै गरेका विद्याथीहरुलाई गुरही र सोटा बनाउन सिकाएको हो ।

    पुरानो पुस्ताको ज्ञान सीप नयाँ पुस्तामा रुपान्तरण गर्न फाउण्डेसनले गुरही र सोटा बनाउन सिकाएको हो । कार्यशालाका प्रमुख अतिथि कैलारी गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी रहेका थिईन् ।

    उनले पुर्खाको ज्ञानसीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेर थारु समुदायको कला, संस्कृति पनि लोप हुदै गईरहेको बताईन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com