कैलाली । मंसिर ४ मा हुने निर्वाचन आन्दोनलको स्वरुप भएको कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका उम्मेदवार तथा नेपाली कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायरले बताएका छन् । मतदातासँगको साक्षात्कारमा बोल्दै सभापति बलायरले संविधान च्यात्ने ओलीको जालझेल रोक्न बाम–लोकतान्त्रिक गठबन्धन एक भई लडाइँको मैदानमा होमिएको बताएका हुन् ।
संविधान च्यात्ने एमालेलाई मतदान गर्ने कि संविधानको संरक्षण गर्ने बाम–लोकतान्त्रिक गठबन्धलाई मतदात गर्ने मतदाताको हातको फैसला भएको बताउँदै बलायरले भने,‘संविधानको संरक्षण बाम–लोकतान्त्रिक गठबन्धनले गरेको हो, त्यसैले गठबन्धन आजको आवश्यकता हो ।’
गठबन्धन मात्रै नभएको भए मंसिर ४ को निर्वाचनको कल्पना त के स्थानीय तहको निर्वाचन समेत नहुने बताउँदै उनले भने,‘ओलीले निर्वाचनै चाहेका थिएनन्, सर्वसत्ताबादी सोचका साथ राष्ट्रपतिलाई आफ्नो स्वार्थ पूरा गर्न ओलीले पटक पटक संविधानमाथि धावा बोलेको थिए ।’
सुदूरपश्चिमको अधिकारका लागि ऐसास दिलाउन केन्द्रमा आफू लागि पर्ने बताउँदै उनले भने,‘जनताको सुख दुःख र विकासका लागि म केही गरेर देखाउँछु । खोक्रा आश्वासन भने दिँदैन ।’ राजनीतिमा सम्झौता भए अनुसार बाम–लोकतान्त्रिक गठबन्धनका लागि आफू कहिल्यै नचुक्ने उनले बताए । ‘लोकतन्त्रका लागि संघर्ष गरेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई सधैँ सम्मान र आदर गर्नेछु,’ उनले भने,‘चुनावमा भोट दिने मतदातासँग म सधैँ नैतिकरुपमा बाँधिएको हुनेछु ।’
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै