कैलाली । करिब साढे तीन महिनादेखि अवरुद्ध अछामको साँफेबगरदेखि बाजुराको सदरमुकाम मार्तडी जोड्ने सडकको मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन साँफेबगर अछामका डिभिजन प्रमुख विवसबाबु सदादेवले बाजुराको बुढीगंगा नगरपालिका अन्तर्गत पर्ने सडक खण्डको मर्मत कार्य अन्तिम चरणमा पुगेको बताए ।
उनले गत असारको मध्यतिर आएको पानीका कारण सडक भास्सिँदा आवातजावत अवरुद्ध भएको बताए । करिब ८ सय मिटर सडकको मर्मत थालिएकोमा भोलिदेखि साना सवारीसाधन सञ्चालनमा आउने बताउँदै डिभिजन प्रमुख सदादेवले २/३ दिनभित्रै सडक पूर्ण रुपमा सञ्चालनमा आउने बताए । सडक अवरुद्ध हुँदा बाजुरामा खाद्यान्न, औषधि लगायतका अत्यावश्यक वस्तुको अभाव भएको थियो ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै