संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कैलालीमा राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने

    कैलालीमा राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने

    संघारी न्युज
    ६ कार्तिक २०७९
    1.1k
    Shares

    धनगढी । कैलालीमा तिहारको समयमा पटाका पड्काउन स्थानीय प्रशासनले रोक लगाएको छ भने राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ ।रमाइलाको नाममा पटाका पड्काउदा हुने सम्भावित दुर्घटनालाई ध्यानमा राखेर पड्काउन तथा बिक्रि वितरणमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले पट्काबाट हुने वातावरण प्रदुषण, ध्वनी प्रदुषण तथा सम्भावित अप्रिय घटनालाई ध्यानमा राखेर पड्काउन र बिक्रि वितरणमा रोक लगाइएको जानकारी दिए ।

    कसैले त्यसको उल्लङ्घन गरेर पटाका पड्काएको पाइएमा प्रचलित कानूनअनुसार कारवाही गरिने डीएसपी जोशीले बताए । उनकाअनुसार राति १० बजेपछि देउसी भैलो समेत खेल्न नपाइने भएको छ ।

    रातिको समयमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिदै १० बजेपछि देउसी भैलो खेल्न नपाइने डीएसपी जोशीले बताए । चाड पर्वका बेला हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखेर सुरक्षा योजना अन्तरर्गत जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रहरीले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com