बैतडी । तिहारलाई मध्यनजर गरि जिल्ला प्रहरी कार्यालय बैतडीले सीमा क्षेत्रमा कडाई गरेको छ । तिहारका बेला भारतबाट पटाका,भुईचम्पा जस्ता प्रज्वलनशील पदार्थ भित्रिन नदिन सीमा नाका झुलाघाट सहित अन्य नाकाहरुमा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी दिए ।
पटाका,भुमइचम्पा जस्ता प्रज्वलनशील पदार्थ र पलाष्टीकका फूलहरु आयातमा पनि अहिले पूर्ण रुपमा रोक लगार्ईएको उनले बताए । यस्तै तल्लोसोराड क्षेत्रका खुल्ला नाकाहरुमा कडाई गरिएको प्रहरी निरीक्षक जोशीले बताए ।
तिहारको समयमा पटाका पटकाउँदा विभिन्न अप्रिय घटनाहरु हुने भएकाले त्यस्ता वस्तुको प्रयोग नगर्न प्रहरीले सबैमा आग्रह गरेको छ । यस्तै तिहारलाई भयरहित बतावरणमा सम्पन्न गर्न प्रहरीले जिल्ला सुरक्षा व्यवस्था कडा पारेको छ ।
दशैँ देखि नै जिल्ला सुरक्षा योजना लागु गरेर सुरक्षाकर्मी परिचालन भएका छन् । चाडपर्व लक्षित सुरक्षा योजना बनाएर प्रहरीले काम गरिरहेको हो । सुरक्षा व्यवस्था कडा पारिएकाले ढुक्कसंग चाडपर्व मनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै