दोधारा चाँदनी । सरकारले चाडपर्वलाई लक्षित गरेर प्लास्टिकको माला खरिद बिक्रीमा रोक लगाएपछि सयपत्री फूलको माग बढेको छ। तिहार सुरु भएसँगै सयपत्री फूलको माग ह्वात्तै बढेको यहाँका फूल व्यवसायी जनक सिंहले बताए। उनले यस वर्ष सरकारले प्लास्टिकका मालामा प्रतिबन्ध लगाएपछि बाहिरी जिल्लाबाट समेत फूलको माग बढेको बताए।
‘विगतका वर्षहरुमा भन्दा अहिले फूलको माग धेरै छ’, उनले भने, ‘सुदूरपश्चिमका पहाडी जिल्लाबाट समेत माग आउन थालेको छ। हामीले मागअनुसार दिन सकिरहेका छैनौँ।’ उनले नेपालगञ्ज, दाङ, कैलालीलगायतका जिल्लाबाट समेत फूलको माग बढेको बताए। भने, ‘यस वर्ष हावापानीका कारणले फूल ढिलो गरी फूलेको छ। बजार माग धान्नै नसकिने अवस्था छ सोचेअनुसारको फूल फुलेन।’
उनले हालसम्म पाँच सय रुपैयाँ प्रतिकिलोका र मालाको सय रुपैयाँका दरले सयपत्री बिक्री गरिरहेको बताए। कञ्चनपुरको भीमदत्त नगरपालिका ८ तिलाचौरमा दुई बिघा जमिन लिजमा लिएर उनले सयपत्री फूलको खेती गरेका छन्। ‘अहिले भारतबाट ठूलो मात्रामा फूल आयात भइरहेको छ, हाम्रो यहाँ उत्पादन छैन’, उनले भने, ‘अहिले तिहारलाई लक्षित गरेर फूल उत्पादन गरेका छौँ, अब यसलाई नियमित गरेर बाह्रै महिना उत्पादन गर्ने तयारीमा छौँ।’
यहाँका व्यवसायी दिनेश पन्तले अहिले ग्राहकले पनि सयपत्री फूल खोजिरहेको बताए। उनी भन्छन्, ‘यहाँ फूल प्रशस्त छैन भारतकै भर पर्नुपरेको छ। अहिले ग्राहकले प्लास्टिकको माला योग गर्न रुचाउँदैनन् सयपत्री नै खोज्ने गरेका छन्।’ कञ्चनपुर उद्योग वाणिज्य सङ्घले पनि सूचना जारी गर्दै व्यवसायीलाई प्लास्टिकको माला बिक्री वितरण नगर्न आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि व्यवसायीलाई प्लाष्टिकका माला बिक्री वितरण नगर्न आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले उद्योग वाणिज्य सङ्घमार्फत व्यवसायीलाई बिक्री वितरण नगर्न निर्देशन दिएको बताए।
‘हामीले माइकिङ पनि गरिरहेका छौँ व्यवसायीलाई बिक्री नर्गन निर्देशन दिएका छौँ’, उनले भने, ‘अनुगमनका क्रममा बिक्री वितरण गरिएको भेटिए सामग्री जफत गर्छौँ।’ रासस
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै