काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
मंसिर चार गते हुने ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धता’ नामकरण गरेर घोषणापत्र सार्वजनिक गरिएको हो ।
शनिबार पार्टी मुख्य कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधीकारी र घोषणापत्र लेखन समिति सदस्यहरुले सार्वजनिक गरेका हुन् ।
महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय घोषणापत्र लेखन समितिले महिना दिन लगाएर घोषणापत्र लेखेको हो । घोषणापत्र लेखन समितिमा विभिन्न उपसिमिति बनाएर विषयगत विषयवस्तुमा काम गरिएको थियो । पार्टी सहमहामन्त्री तथा घोषणापत्र लेखन समितिका प्रवक्ता जीवन परियारका अनुसार पुराना घोषणापत्रको रिभ्यु तथा आवश्यक विषयवस्तु अहिलेको घोषणापत्रमा समावेश गरिएको छ ।
र्थशास्त्री तथा योजना आयोगका पूर्वउपाध्यक्षहरू डा. स्वर्णिम वाग्ले, डा. गोविन्द पोखरेल, शिक्षााविद् डा. कृष्णप्रसाद पौडेल, राजनीतिक विश्लेषक तथा वैदेशिक मामिला जानकार गेजा शर्मा वाग्ले, शंकर तिवारीलगायत विभिन्न क्षेत्रमा दखलता राख्ने कांग्रेस नेताहरुले घोषणापत्र लेखेका हुन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै