शेरबहादुर सार्की बाजुरा, १२ कात्तिक । बाजुरा जिल्लामा पछिल्लो समय भत्काएका छाउगोठ पुनः निर्माण हुन थालेका छन् । स्थानीय जनप्रतिनिधि प्रहरी लगायतको सहकार्यमा २०७६ देखि ०७८ माघ सम्मा पाँच सयको हाराहारीमा छाउगोठ भत्काएको थियो । छाउगोठ भत्काउने अभियान सेलाएपछि धामीझाँक्रीको बर्सच्व बढ्यो अन्ततः गाउँमा भत्काएका छाउगोठ पुनः निर्माण भए । बूढीगङ्गा नगरपालिका –१० का कविता विकले, गाउँका धामीझाँक्रीहरु डरले गोठ निर्माण गरिएको स्वीकार गरिन् । उनलाई छाउगोठमा बस्दा कसैले उजुरी नै हाल्यो भने कानुनको पनि उत्तिकै डर रहेको बताउँछिन् । तर त्यस क्षेत्रका बासिन्दा प्राय गोठमै बस्ने भएकोले उजुरी हाल्ने आट कमैले गर्ने भएकोले कानून भन्दा धामीझाँक्रीको डर बढी लाग्ने गरेको कविता सुनाउँछिन् । उनले भनिन् ‘केही वर्ष पहिला गाउँमा छाउगोठ भत्किाउने अभियान चलेको थियो । जसले गर्दा महिनावारी भएको बेला सबै घरकै कोठामा बस्थ्यो । अभियान सुस्त भएपछि छाउप्रथा पनि पहिलाको जस्तै ब्यूँतियो । छाउगोठ पुनः निर्माण भएपछि यहाँका महिलाहरु महिनावारी भएका समयमा पाँच दिन सम्म गोठमै बास बस्छन् । उनीहरु धामिझाँक्रीको डर मान्ने गरेको सुनाउँछन्, घरमा छुइ गरेको भन्दै देवता रिसाउछ भन्दै यहाँका अधिकाशं महिला महिनावारी भएको बेला छाउगोठमा बस्छन् । २०७६ पुस २४ गते बाजुराको बूढीनन्दा नगरपालिकाका –९ को पाण्डुसैनको अगाउँपानीमा रहेको छाउगोठमा सुतेका बेला आगोले निसासिएर आमा र दुइ छोरा सहित तीन जनाको ज्यान गएको थियो । यो घटना भएसँगै गृह मन्त्रालयले बाजुराका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पठाएसँगै बाजुरामा छाउगोठ भत्काउने अभियान सुरु भएको थियो । अभियानले बाजुराका अधिकाशं महिला महिनावारी भएका बेला आफ्नै घरको कोठामा बस्ने गरेका थिए । अहिले त्यो अभियान सेलाउँदै आएपछि महिनावारी भएको बेला महिलाहरु फेरि छाउगोठमा बस्न बाध्य भए । जिल्ला प्रशासान कार्यालय बाजुराको तथ्यांक अनुसार २०७५/०७६ मा १६८ र २०७६/०७७ मा ३४३ गरी ५११ वटा छाउँगोठ रहेको तथ्यांक छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै