कैलाली १३ कार्तिक । कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बजारमा विद्यूत सर्ट हुँदा छ वटा पसलमा आगलागी भएको छ । आगलागी भएर एक करोड १३ लाख पचास हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ ।
हिजो साँझ करिब साढे ७ बजे हिमाल मोबाइल ग्यालरीमा विद्युत सर्ट भइ आगो लागेको थियो । आगो नियन्त्रण नभएपछि अरु पसलमा पनि आगलागी भयो ।
आगलागीबाट दुई वटा मोबाइल पसल, एउटा हार्डवेयर पसल, दुई वटा किराना पसल र एउटा होटलमा आगो लागेको प्रहरी कार्यालयले बताएको छ । आगो नियन्त्रणमा सुरक्षाकर्मी स्थानीय समुदाय, गोदावरी र घोडाघोडी नगरपालिकाको दमकलको सहयोगमा ८ः१० बजे नियन्त्रणमा लिएका थिए ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै