संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    अव्यवस्थित बसोवासीको व्यवस्थापन गर्न कैलारीद्वारा जग्गा नापजोख

    अव्यवस्थित बसोवासीको व्यवस्थापन गर्न कैलारीद्वारा जग्गा नापजोख

    संघारी न्युज
    २८ भाद्र २०७९
    1.1k
    Shares

    कैलाली । भुमिहिन दलित÷सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको व्यवस्थापन गर्न कैलालीको कैलारी गाउँपालिकाद्वारा जग्गा नापजोख प्रक्रियाको शुभारम्भ भएको छ ।

    गाउँपालिका र राष्ट्रिय भुमि आयोग विच भएको सम्झौता अनुसार भुमिहिन दलित÷सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको व्यवस्थापन जग्गाको प्रमाणपत्र दिनको लागि वडा–६ भगतपुरबाट नापजोखको कार्य शुरु गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले नापजोख गर्दा विवाद पनि आउन सक्ने भएकोले त्यसमा सहजीकरण गर्न गाउँका भल्मन्साहरुको ठुलो भुमिका रहेको बताए ।

    उनका अनुसार साँध सीमानामा बढी विवाद आउन सक्छ । यहाँका जनप्रतिनिधि, भल्मन्सा, नागरिक समाज, बुद्धिजीवी आफनै कार्यक्रम सम्झेर समस्या समाधान गर्नुपर्ने अनुरोध छ ।

    अध्यक्ष चौधरीले वडा नं. ७, ५, ९ गरी सवै वडामा नापजोखको काम अगाडी बढाउने र लालपुर्जा वितरण गर्ने बताए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com