काठमाडौं । स्वास्थ्य सेवा सुधारका लागि उठाएका माग सम्बोधन गर्न सरकार सहमत भएपछि डा. गोविन्द केसीले सत्याग्रह तोडेका छन्।
डा. केसीले शनिबार साँझ १३औं दिनमा सत्याग्रह तोडेका हुन्। उनले त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामीको हातबाट जुस पिएर सत्याग्रह तोडेका हुन्।

यसका लागि सरकारले उनीसँग १० बुँदे सहमति गरेको छ। सहमति पत्रमा डा. केसी र सरकारका तर्फबाट गठित वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेले हस्ताक्षर गरेका छन्।
यसअघि सरकारले आफूसँग गरेका सहमति कार्यान्वयन गर्न माग गर्दै उनले गत भदौ २७ गते धनगढीबाट सत्याग्रह शुरु गरेका थिए। उनको स्वास्थ्यमा समस्या आएपछि काठमाडौं ल्याइएको थियो।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै