संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    एकदिन १५ सय जनामा देखियो डेंगु

    एकदिन १५ सय जनामा देखियो डेंगु

    संघारी न्युज
    ९ असोज २०७९
    891
    Shares

    कैलाली । मुलकमा डेंगु रोगको संक्रमण दिनदिनै तीव्र रुपमा बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकै दिन एक हजार पाँच सयभन्दा बढी संक्रमित थपिएका छन्।

    मन्त्रालयका अनुसार आइतबार साँझसम्म २४ हजार ४९२ जनामा डेंगु पुष्टि भएको छ। शनिबारसम्म २२ हजार ९८८ जनामा डेंगु देखिएको थियो। अहिलेसम्म डेंगु लागेका २९ जनाको मृत्यु भएको छ।

    डेंगु सबैभन्दा बढी बागमती प्रदेशमा १९ हजारमा देखिएको छ। त्यस्तै, लुम्बिनी प्रदेशमा दुई हजार ८७२, सुदूरपश्चिममा ७७७, प्रदेश १ मा ७५३ जनामा देखिएको छ। यस्तै, गण्डकीमा ५३७, मधेशमा ३२३ र कर्णालीमा २३० जनामा डेंगु संक्रमण पुष्टि भएको छ। संक्रमितको संख्या दिनदिनै बढिरहेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com