संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदूरपश्चिमको पहाडी भू-भागमा वर्षा हुने सम्भावना

    सुदूरपश्चिमको पहाडी भू-भागमा वर्षा हुने सम्भावना

    संघारी न्युज
    १९ जेष्ठ २०८०
    846
    Shares

    काठमाडौं, १९ जेठ । आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका ‍एक(दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाले आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

    यति वेला सुदूरपश्चिम प्रदेश सहित देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भूभागका ‍एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com