संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    १८ वर्षीय नरेनले चम्काएको सुदूरपश्चिम

    १८ वर्षीय नरेनले चम्काएको सुदूरपश्चिम

    संघारी न्युज
    २० मंसिर २०८१
    2.1k
    Shares

    कैलाली । त्रिवि मैदान कीर्तिपुरमा नेपाल प्रिमियर लिग (एनपीएल) को रौनकता चुलिँदै गर्दा टोलीको नासालाई खेलाडीको प्रदर्शनले पनि साकार बनाई रहेको छ ।

    ‘मैदानमा तुफान सुदूरको सान’ यो एनपीएलका लागि सुदूरपश्चिम रोयल्सले तय गरेको नारा हो । सुदूरपश्चिमले नारा अनुसार नै आफ्नो प्रदर्शनलाई चुस्त बनाई रहेको छ । लिगको सुरुवाती दुई खेलमा लगातार जित निकालेको सुदूरपश्चिमले बिहीबार पनि बलियो र महँगो टोली काठमाडौँ गुर्खाजलाई लज्जास्पद हार चखायो । औसत ब्याटिङ गरेको सुदूरपश्चिमले बलिङमा भने बेजोड प्रदर्शन गरेको थियो ।

    सुदूरपश्चिमलाई जितको हकदार बनाउने काम नेपाली यु–१९ राष्ट्रिय टोलीका स्पिनर नरेन साउदले गर्नुभयो । बुधबार मात्र संयुक्त अरब इमिरेट्स ९युएई० मा भएको एसिसी यु–१९ एसिया कप खेलेर फर्कनु भएका नरेनले बिहीबार एक्लै पाँच विकेट चड्काएपछि उहाँ वाहवाहीको पात्र बन्नुभएको छ।

    नरेनले ३।५ ओभर बलिङ गर्दै १९ रन खर्चिएर पाँच विकेट लिनुभएको हो । १८ वर्षीय नरेन जारी लिगको एउटै खेलमा पाँच विकेट लिने पहिलो नेपाली बलर हुनुहुन्छ । यसअघि चितवनमा सोहेल तनवीरले काठमाडौँविरुद्ध नै एक्लै पाँच विकेट लिनुभएको थियो ।

    पाकिस्तानका ३९ वर्षीय पेस बलरले पाँच विकेट लिने क्रममा चार ओभर पुरै बलिङ गर्दै २१ रन खर्चिनुभएको थियो । ‘‘राति देखिनै मैले राम्रो खेल्दै प्येयर अफ दि म्याच बन्नु भन्ने सोचेको थिए । आज सोचे अनुसार खेल्न सकेँ । ठुला र नाम चलेका खेलाडीको बिचमा पहिलो खेलमै यस्तो प्रदर्शन गर्न सकेकोमा धेरै खुसी छु । आज कप्तान दीपेन्द्र दाइले पनि मलाई राम्रो मोटिभेसन गरिराख्नुभएको थियो । हरेक बलमा बाउन्ड्री गएपनि केही छैन । तिमिले राम्रो बल फ्याँक्छौँ । हामीलाई विश्वास छ, तिमिले विकेट निकाल्छौँ भनेर सम्झाउनुभएको थियो,’’ खेलपछि नरेनले भन्नुभयो ।

    एनपीएलमा उनको यो डेब्यु खेल हो। सुदूरपश्चिमका कप्तान दीपेन्द्रले पनि नरेन राम्रो बलर रहेको भन्दै उहाँको प्रदर्शनका खुसी व्यक्त गर्नुभयो । बिहीबार काठमाडौँ गोर्खाजलाई ७३ रनले हराएको हो । लिगमा झनै लयमा लयमा जनकपुर बोल्ट्स देखिएको छ ।

    लगातार तीन खेल जित्दै शीर्षस्थानमा रहेको जनकपुरले बिहीबार पोखरा एभेन्जर्सलाई सात विकेटले हरायो । अनिल शाहको कप्तानीमा रहेको जनकपुर ब्याटिङ र बलिङ दुवैमा ‘ब्यालेन्स’ देखिएको छ । कान्तिपुरबाट ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com