संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    महिला साफ : नेपाल सेमिफाइनलमा

    महिला साफ : नेपाल सेमिफाइनलमा

    संघारी न्युज
    २७ भाद्र २०७९
    999
    Shares

    काठमाडौं । श्रीलंकालाई हराउँदै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ भएको खेलमा श्रीलंकालाई ६–० ले हराउँदै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। नेपालले पहिलो हाफमै ४ गोल गर्दै श्रीलंकालाई दबाबमा राख्यो।

    खेलको १० औँ मिनेटमा अस्मिताकुमारी घिसिङको गोलबाट नेपालले अग्रता बनायो। ​हीराकुमारी भुजेलको पासलाई घिसिङले हेड गर्दै जाली चुमाइन्।

    ११ औँ मिनेटमा सरु लिम्बुको गोलबाट नेपालले अग्रता दोब्बर बनायो। खेलको १७ औं मिनेटमा अमृता जैशीले नेपालका लागि तेस्रो गोल गरिन्।खेलको ४५ औँ मिनेटमा दीपा राईले नेपालका लागि चौथो गोल गरेपछि पहिलो हाफमै नेपालले ४–० को अग्रता बनाएको हो।

    नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारीलाई डेंगु संक्रमण पुष्टि भएपछि उनको ठाउँमा खेलेकी अस्मिताकुमारी घिसिङले शुरुमै नेपाललाई अग्रता दिलाईन्।

    खेलको दोस्रो हाफमा अमिशा कार्कीले नेपालका लागि अर्को गोल गरिन्। खेलको ९० औँ मिनेटमा अमिशाले व्यक्तिगत दोस्रो गोल गरिन्।समूह ए बाट भारत र बंगलादेश अन्तिम चारमा पुगिसकेका छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com