कैलाली १९ कात्तिक । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्ष्य गर्दै सुदूरपश्चिम प्रदेशमा राजनीतिक दलले गाउँ गाउँमा चुनावीसभा गर्न थालेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, नेपाल लोकतान्त्रिक पार्टी लगायत राजनीतिक दलले अहिले गाउँ गाउँमा चुनावीसभालाई तीव्रता दिएका हुन् । किसानहरुलाई खेतमा भ्याइ नभ्याइ भएको बेला उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । उनीहरु मतदाता रिझाउन गाउँमा चुनावीसभासंगै खेतमा गएर किसानहरुलाई सघाईरहेको तस्बीर सामाजिक सञ्चालहरुमा सार्वजनिक भईरहेको छ । उम्मेदवारहरुलाई आफ्नो पक्षमा मत माग्न गाउँ गाउँमा मतदातालाई भेटघाट, भेला गर्ने, निर्वाचन परिचालन समिति बनाएर पालिका, वडा र टोलस्तरमा चुनावी कार्यक्रम गर्ने अभियान चलाएका छन् । उम्मेदवारहरु घरदैलो भेटघाटका साथै चुनावी अभियानमा आफ्ना एजेण्डा सुनाउने, मतदाता शिक्षालाई पनि तिब्रता दिएको देखिन्छ ।




-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै