संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    यू-१९ क्रिकेट : कर्णालीलाई हराउँदै सुदुरपश्चिम दोस्रो स्थानमा

    यू-१९ क्रिकेट : कर्णालीलाई हराउँदै सुदुरपश्चिम दोस्रो स्थानमा

    संघारी न्युज
    ८ मंसिर २०७९
    1.2k
    Shares

    काठमाडौं, ८ मंसिर । काठमाण्डौंमा जारी १९ वर्षमुनिको एकदिवसीय राष्ट्रिय क्रिकेटमा प्रदेश १ ले गण्डकी प्रदेशसामु १८४ रनको लक्ष्य दिएको छ।

    मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको प्रदेश १ ले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै १८३ रन बनायो।

    प्रदेश १ का सोनु अन्सारीले सर्वाधिक ६४ रनको योगदान गरे। कप्तान दिपेश कँडेलले ३६ फैजल रहमानले २६ रनको योगदान गरे।

    बलिङतर्फ शिशिर भुषालले सर्वाधिक ४ विकेट लिए। निर्तेश गिरीले ३ तथा सुभाष भण्डारीले २ विकेट हात पारे।

    १८४ रनको लक्ष्य पछ्याएको गण्डकीले अहिले जवाफी ब्याटिङ गरिरहेको छ। पहिलो खेलमा बाग्मतिसंग ७४ रनले पराजय भोगेको गण्डकी आज पहिलो जितको खोजीमा छ।

    आजै भएको खेलमा सुदूरपश्चिम प्रदेशले विजयी शुरुवात गरेको छ। त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न खेलमा कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमले विजयी शुरुवात गरेको हो।

    जितका लागि कर्णालीले दिएको १२८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २६ दशमलव २ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। सुदूरपश्चिमको जितमा मिलन बोहोराले सर्वाधिक ४२ रनको योगदान गरे। दिपक बोहराले २० तथा कप्तान अनुराग सिंले १० रन जोडे।

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली निर्धारित ओभरमा अलआउट हुँदै १२७ रनमा समेटियो। कर्णालीका दिनेश अधिकारीले अविजित सर्वाधिक ३५ तथा सुभाष ऐरले ३० रन जोडे।

    जितसँगै सुदूरपश्चिम २ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान अंक जोडेको बागमती शीर्ष स्थानमा छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com