संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    रेशम चौधरीको रिहाइ माग गर्दै माइतीघर मण्डलमा धर्ना

    रेशम चौधरीको रिहाइ माग गर्दै माइतीघर मण्डलमा धर्ना

    संघारी न्युज
    १ पुष २०७९
    963
    Shares

    काठमाडौं, १ पुस । पूर्व सांसद रेशम चौधरीको रिहाइको माग गर्दै नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ता काठमाडौंको माइतीघर मण्डलमा धर्नामा बसेका छन्।

    उनीहरूले चौधरीसँगै थरुहट बन्दीलाई रिहाइको माग गर्दै आईरहेका छन् । थरुहट आन्दोलनका क्रममा भएको टीकापुर घटनामा दोषी ठहर गर्दै जिल्ला र उच्च अदालतले चौधरीलाई जेल सजाय सुनाएका थिए। उनी काठमाडौंको डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका छन्।

    उनलाई रिहाइ गर्ने उद्देश्यले सरकारले राष्ट्रपति समक्ष अध्यादेश पठाएको थियो। तर, राष्ट्रपतिबाट जारी भएको छैन। यही सन्दर्भलाई लिएर उन्मुक्ति पार्टीका कार्यकर्ताले माइतीघर मण्डलमा धर्ना दिएका हुन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com