संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बडघर प्रथालाई कानूनी मान्यता दिनुपर्ने माग

    बडघर प्रथालाई कानूनी मान्यता दिनुपर्ने माग

    संघारी न्युज
    २४ पुष २०७९
    918
    Shares

    कञ्चनपुर २४ पुस । थारु कल्याणकारीणि सभा कञ्चनपुरले सुदूरपश्चिम प्रदेश सरकारसंग थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यता दिनुपर्ने माग राखेको छ ।

    सभाले माघ मिलन तथा प्रदेश र संघमा निर्वाचित प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना अर्दान प्रर्दान कार्यक्रममा यस्तो माग राखेका हुन् ।

    कार्यक्रममा थाकसका जिल्ला सल्लाहाकार सदस्य बलबहादुर डगौराले बडघर भल्मन्सालाई कानुनी मान्यता प्राप्त भए मात्रै समानुपातिक समाबेशी प्रणालीको अनुभूति हुने बताए ।

    उनले कार्यक्रममा शुक्लाफाँटा, कृष्णापुर, बेलडाँडीका नगर प्रमुख, थारु अगुवा, भल्मन्सा लगायतको सहभागिता थियो । कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभा सदस्य दिवानसिंह विष्ट रहेका थिए ।

    कार्यक्रममा थाकसका सभापति सानु चौधरीले प्रदेश संघमा निर्वाचित सदस्यहरुलाई गम्छा र फुन्ना लगाएर सम्मान गरेका थिइएन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com