काठमाडौं, २५ पुस । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरीले रेशम चौधरीलाई राजनीतिक संरक्षण नभएकै कारण मुद्दा लगाइएको बताएका छिन् ।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले रेशम माओवादी, कांग्रेस, एमाले जस्ता ठूला दलको कार्यकर्ता नभएकै कारण मद्दा लगाइएको टिप्पणी गरिन् ।
न्याय खोज्दै संसदमा आइपुगेको बताउँदै उनले भनिन्, ‘रेशम चौधरीलाई किन मद्दा लगाइयो ? कांग्रेस, एमाले, माओवादीको ठूला दलको नेता नभएकै कारण मद्दा लगाइयो । र, थारु भएकै कारण रेशमसँगै अरुलाई पाँच वर्षदेखि जेलमा कोचियो ।’
टीकापुर घटना बन्द कोठामा घटाइएको घटना होईन्, थारु आन्दोलनमा हजारौंको भिडमा नदेखिएको रेशम चौधरीलाई आज पनि कारागारमा थुनिएर राखेको उनले अभिव्यक्ति दिईन् ।
पहिचानका लागि आन्दोलन गर्दा थारुहरूमाथि राज्यले अन्याय गर्यो । यसअघि अरू राजनीतिक घटना भए पनि तर त्यसलाई राजनीतिक घटना बनाएर न्याय गरेको उदाहरण दिइन् । टीकापुर घटनाको आरोपमा जेल जीवन बिताइरहेकाहरूलाई तत्काल रिहाइ गर्न र झुठामुद्दा खारेज गर्न उनले सरकारसँग आग्रह गरिन ।
उनले लाल आयोगको प्रतिवेदन अझै सरकारले सार्वजनिक नगरेको भन्दै चाँडै सार्वजनिक गर्नुपर्ने माग गरिन् । न्याय निरूपण नहुँदासम्म संसदमा आफूहरूले सङ्घर्ष जारी राख्ने तर्क दिईन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै