संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    आफूलाई छुटाउन ओली प्रचण्डसँग रेशमले मागे लिखित प्रतिबद्धता

    आफूलाई छुटाउन ओली प्रचण्डसँग रेशमले मागे लिखित प्रतिबद्धता

    संघारी न्युज
    २७ पुष २०७९
    1.2k
    Shares

    कैलाली, २७ पुस । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफूलाई छुटाउनेबारे प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लिखित सम्झौताको माग गरेका छन् ।

    उनले दिउसो २ बजे सम्म यस बिषयमा ठोस निर्णय नभए आफू त्यस गठबन्धनमा नरहने जनाएका जनाएका छन् । आज डिल्लीबजार कारागारमा सांसद र आफू निकटका नेताहरूलाई रेशमले उक्त कुरा बताएका हुन् ।

    छलफलमा सहभागि भएका एक नेताका अनुसार लिखित प्रतिबद्धता आएमा मात्रै अहिलेको गठबन्धन कायम हुन्छ, होईन भने काँग्रसलाई नै समर्थन रेशमको निर्णय रहेको छ । अहिले सुदूरपश्चिम प्रदेश लगायत तीन प्रदेशमा मुख्यमन्त्री चयन हुँदै छन् ।

    सुदूरपश्चिम र लुम्बिनीमा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पाटीको उपस्थिति रहेको छ । सुदूरपश्चिम प्रदेशमा रेशम चौधरीको पार्टीले जुन गठबन्धनलाई साथ दिन्छ त्यहि गठबन्धनको सरकार बन्ने देखिन्छ । अहिले सम्म नागरिक उन्मुक्ति अन्योलमा रहेको देखिन्छ ।

    यदि नागरिक उन्मुक्ति काँग्रेसलाई समर्थन जनायो भने यो अवस्थामा कांग्रेस संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने छन् । अहिले कांग्रेस र नेकपा एकीकृत समाजवादी आफूहरूसँग नागरिक उन्मुक्तिलाई उभिन लबिङ भईरहेको जनाइएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com