संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    धनगढीमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

    धनगढीमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

    संघारी न्युज
    १३ माघ २०७९
    1.2k
    Shares

    कैलाली, १३ माघ । धनगढीमा देशकै सर्वाधिक धनराशीको धर्मदेव पशुपति स्मृति प्रथम खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ हुने भएको छ । पुलिस पब्लिक ब्याडमिन्टन क्लबको आयोजनामा फागुन ११ गतेदेखि १३ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रदेश प्रहरी कार्यालयको ब्याडमिन्टन हलमा फागुन ११, १२ र १३ गते प्रतियोगिता हुने आयोजकले जानकारी दिए ।

    देशभरमै सर्वाधिक पुरस्कार राशिको ब्याडमिन्टन प्रतियोगिता प्रदेशमा सञ्चालन गर्न लागेको संयोजक मेम्बर सिंहले बताए । प्रतियोगितामा खुल्ला पुरुष डबल, पुरुष तर्फ नै ४५ वर्ष माथिका भेट्रान र ५५ वर्षमाथिका भेट्रान गरि तीन इभेन्टमा प्रतियोगिता सञ्चालन हुनेछ ।

    खुल्ला पुरुष डबलमा प्रथमलाई १ लाख २१ हजार, द्धितियलाई ७१ हजार र तृतीयलाई ५१ हजार रकम पुरस्कारसंगै मेडल तथा ट्रफी प्रदान गरिने छ ।

    ४५ वर्षमाथिको भेट्रानमा प्रथमलाई ५१ हजार, द्धितियलाई ३१ हजार र तृतीयलाई २१ हजार नगद तथा ५५ वर्षमाथिको भेट्रानमा प्रथमलाई ३१ हजार, द्धितियलाई २१ हजार र तृतीयलाई ११ हजार नगदसहित ट्रफी, मेडल प्रदान गरिने संयोजक सिंहले बताए । प्रतियोगिताको जम्मा पुरस्कार राशि चार लाख नौ हजार हुने छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com