संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    पहिरो पीडितको घरमै पुगेर प्रदेश सरकारद्वारा राहत हस्तान्तरण

    पहिरो पीडितको घरमै पुगेर प्रदेश सरकारद्वारा राहत हस्तान्तरण

    संघारी न्युज
    ६ असोज २०७९
    1.1k
    Shares

    अछाम । अछामका पहिरो पीडित परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले घरमै पुगेर राहत रकम हस्तान्तरण गरेको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री डा. राणबहादुर रावल अछामको तुर्माखाद, ढकारी र कमलबजार गाउँपालिकामा गएर राहत रकम हस्तान्तरण गरेका हुन्।

    सुदूरपश्चिम प्रदेश सरकारले अछामका पहिरो पीडितलाई १३ लाख ४० हजार रुपैयाँ रकम किरिया पुत्रीलाई हस्तान्तरण गरेको सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रावलले जानकारी दिए।

    पहिरोमा ज्यान गुमाएका एक व्यक्तिलाई क्षतिपूर्ति स्वरुप एक लाख रुपैयाँ र किरिया खर्च २० हजार रुपैयाँ गरी एक लाख बीस हजार रुपैयाँ र एकै घरपरिवारका एक भन्दा बढी व्यक्तिको पहिरोमा परेर मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति र किरिया खर्च २० हजार गरी दुई लाख ४० हजार रुपैयाँका दरले राहत रकम हस्तान्तरण गरिएको प्रदेश सरकारकार प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रावलले बताए।

    उनले भने,‘अछाममा अहिले प्रारम्भिक रुपमा सुदूरपश्चिम सरकारले राहत लिएर गएको र पहिरो पीडितका लागि थप राहतको प्याकेज ल्याइने छ।’ विपतका समयमा एकअर्कालाई सहयोग भावना देखाउँदै पीडामा मल्हम लगाउन सबैले हातेमाले गर्नुपर्ने बताए।

    गत भदौ ३१ गते राति परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले सुदूरपश्चिम प्रदेशमा ठूलो धनजनको क्षति भएको थियो। वर्षात्का कारण सबैभन्दा बढी अछाममा क्षति पुगेको थियो। पहिरोले अछाममा २३ जनाको मृत्यु हुनुका साथै १ जना बेपत्ता भएका छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com