संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    पानीको बहाव बढेपछि सारदा ब्यारेजमा सवारी आवागमन बन्द

    पानीको बहाव बढेपछि सारदा ब्यारेजमा सवारी आवागमन बन्द

    संघारी न्युज
    ९ असोज २०७९
    819
    Shares

    कञ्चनपुर । लगातारको वर्षासँगै महाकाली नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा चारपाँग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

    महाकालीमा आइतबार बिहानैदेखि पानीको बहाव बढिरहेको र साँझसम्म पनि बढ्ने क्रम जारी रहेको बताइएको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार साँझ शारदा ब्यारेजमा पानीको बहाव १ लाख ८१ हजार ४८० क्युसेक मापन गरिएको छ । दिउँसो भने पानीको बहाव १ लाख १० हजार क्युसेक थियो ।

    पहाडी जिल्लामा निरन्तर वर्षा भइरहेकाले बाढी अझै बढ्ने अनुमान गरिएको छ । प्रशासनले नदी तटीय क्षेत्रमा सतर्कताका लागि सूचना जारी गरिएको बताइएको छ ।

    महाकालीमा पानीको बहाव १ लाख क्युसे नाघ्ने बितिक्कै चारपाँग्रे सवारीसाधन आवागमनमा रोक लगाइने गरिन्छ । झण्डै सय वर्ष पुरानो पुल जीर्ण भएका कारण जोखिम हुने भन्दै ठूला सवारीसाधन आवागमनमा रोक लगाइने गरिएको छ । गत साता पनि बाढीका कारण दुई दिनसम्म ठूला सवारीसाधन आवागमनमा रोक लगाइएको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com